पशुपंक्षीको आवाज निकालेर युट्युबमा चर्चित सन्तोषी सुब्बाको हत्या


९ असार २०७८, बुधबार
Santoshi Subba

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।
उनको घर काभ्रे भएको प्रहरीले सूचना प्राप्त गरेको एक अधिकारीले जानकारी दिए । उनी कालोपुलमा एक धर्म बुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

moder xg1N8p6zXL

उनको शव मंगलबार भेटिएको थियो । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको थियो । अर्धनग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियो भने घाँटी कसिएको पाइएको थियो । घटनास्थलमा रुखको हाँगामा महिलाको मास्क, चप्पल भेटिएको थियो । प्रहरीले उनको हत्या भएको निष्कर्ष लागेको थियो ।

महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । एक प्रहरी अधिकारीले भने, ‘केही शंकास्पद कुराहरु छन् । अनुसन्धान अभियुक्ततर्फ सोझिएको छ । छिट्टै केही आउँला ।’

‘टाउकोमा गह्राै वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षत विक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटना लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७