ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीणले फेरि मेडिकल परीक्षण गर्नुपर्ने (सूचना)


९ असार २०७८, बुधबार
eps korea

काठमाडौं, ९ असार । ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ ।

२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल थिमिबाट उनीहरुले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्ने जनाइएको छ ।

Remedical Notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७