नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसमा २ सय ५३ पिन्ट रगत संकलन


१० असार २०७८, बिहीबार
blood donations

काठमाडौं, ९ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना दिवसको अवसरमा २ सय ५३ पिन्ट रगत संकलन गरेको छ । संगठनको ४२ औँ स्थापना दिवसको अवसरमा कोभिडको जोखिम बीच पनि रक्तदान गरिएको संगठनको अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

प्रदेश नं. १ नम्बर प्रदेश कमिटी अन्तर्गत धरान उपमहानगर कमिटीले ८१ पोका, चारआली ट्यांकर ईकाई कमिटीले ५३ पोका, दमक नगर कमिटीले २५ पोका रगत, गण्डकी प्रदेश कमिटीले ५८ पिन्ट, बाग्मती प्रदेश कमिटी अन्तरगत एयरपोर्ट मिटर ट्याक्सी ईकाई कमिटीले २३ पिन्ट, सुदुरपश्चिम प्रदेश कमिटी अन्तरगत धनगढीमा ७ पोका र भीमदत्त नगर कमिटीले ६ पोका संकलन गरेको छ ।

यस्तै संगठनको लुम्बिनी प्रदेश कमिटीले दिवंगत चालक गणेश थारुको परिवारलाई २५ हजार, दिवंगत परिचालक सनत श्रेष्ठको परिवारलाई १५ हजार राहत सहयोग गरेको छ । भने यातायात श्रमिकहरुलाई कोभिड विरुद्ध खोपको माग गर्दै प्रदेश जनस्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

यसैगरी सुदुर पश्चिम प्रदेश कमिटीले धनगढी १३ स्थित निडलासैनी गुरुकुल संस्कृत विद्यापिठमा खाद्यान्न कपि, कलम, मास्क, स्यानिटाईजर वितरण गरेको छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास मन्त्री दीर्घ सोडारीलाई यातायात श्रमिकहरुको समस्या समाधानका लागि १० शुत्रिय माग पेश गरेको छ भने जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत ज्ञापनपत्र बुझाईएको छ ।

संगठन स्थापना स्थल सुनसरीको पानीपियास्थित संगठन स्तम्भ रहेको स्थानमा संगठन १ नम्बर प्रदेश कमिटीले सरसफाई गरे । १ नम्बर प्रदेश कमिटी अन्तरगत बिर्तामोड नगर कमिटी र मेची राजमार्ग ट्रक ईकाई कमिटीले बृद्धाश्रममा फलफुल तथा खाध्यान्न वितरण गरेको बताए ।

देशका सातवटै प्रदेशका सबै बसपार्कहरुमा संगठनका नेता कार्यकर्ता तथा यातायात श्रमिकहरुले सरसफाई एवं साँझ दिप प्रज्वलन गर्दै कोरोनाका कारण ज्यान गुमाएका श्रमिकहरुलाई श्रद्धाञ्जली अर्पण गरे । भने कोरोना संक्रमितहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७