युरोकप : जर्मनी नकआउट चरणमा प्रवेश, हङ्गेरी बाहिरियो


१० असार २०७८, बिहीबार
Germany1624482722

काठमाडौं, १० असार । जर्मनी १६ औं युरोकप फुटबल अन्तर्गत नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले हङ्गेरीसँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

एलिजान एरिनामा भएको खेलमा जर्मनीले हङ्गेरीसँग २–२ गोलको बराबरी खेलेको हो । हङ्गेरीले पहिलो हाफको लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

हंगेरिका लागि खेलको ११ औं मिनेटमा एदाम साजालीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । जर्मनीका लागि खेलको ६६ औं मिनेटमा केइ हाभेर्टेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६८ औंं मिनेटमा हङ्गेरीका लागि आन्द्रस साहाफेरले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

८४ औं मिनेटमा जर्मनीका लागि लेओनले गोल गर्दै मर्जमनीलाई अन्तिम १६ मा पुग्न सहयोग गरे । जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो । यता हङ्गेरी भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७