इरानको तीन हजार बढी समाचारसँग सम्बन्धित वेबसाइटमा अमेरिकाको प्रतिबन्ध


१० असार २०७८, बिहीबार
usa vs iran website

काठमाडौं, १० असार । अमेरिकाले इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी सामाचारसँग सम्बन्धित वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ ।

इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भए लगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो । कट्टरपन्थी छवी भएका नेता रायसीको आगमनले इरानसँगको सम्बन्ध बिग्रन सक्ने अमेरिकाको अनुमान छ ।

प्रतिबन्ध लगाइएका वेवसाइटहरुले इरानद्धारा गरिएको कुनै पनि काम कारबाहीको दुष्प्रचार गर्ने गरेको पाइएको अमेरिकी अधिकारीहरुको दावी छ । प्रतिबन्धित वेवसाइटहरुमा इरानको सरकारी टेलिभिजन च्यानल, हुथी बिद्रोहीको अल मसीराह च्यानल र इरानको अरबी भाषका टेलिभिजन च्यानल रहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७