बेलायतमा साइकल दुर्घटनामा नेपाली युवकको गयो ज्यान


११ असार २०७८, शुक्रबार
badri TgIvPiIZks

काठमाडौं, ११ असार । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परी ३४ वर्षे नेपाली युवक बद्री गौतमको ज्यान गएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल अगाडि साइकलबाट पल्टिएका थिए ।

घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । त्यसपछि साइकल चलाउन छाडेका गौतमले केहि दिनअघि मात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए ।

उनी सेफको रुपमा कार्यरत थिए । गौतम बेलायतमा श्रीमतीसँगै बस्दै आएका थिए । नेपाली समाज नटिङघमका आजीवन सदस्य समेत रहेका बद्रीको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७