श्रीदेवीको निधनले रानी मुखजीको ४० औं वर्थडे क्यान्सिल


१६ फाल्गुन २०७४, बुधबार
rani 5a9651bc6a9b60.33238167

काठमाण्डौं, १६ फागुन : बलिउड अभिनेत्री रानी मुखर्जीले चर्चित अभिनेत्री श्रीदेवीको मृत्युले आफू दुःखी भएको भन्दै जन्म दिन नमनाउने घोषणा गरेकी छन् । rani 5a9651bc6a9b60.33238167

श्रीदेवी आफ्नो मन पर्ने कलाकार मात्र नभएर एक असल मित्र पनि भएको भन्दै उनले दुःख व्यक्त गरेकी छन् । उनले भनेकी छन्,’ बलिउडले एक असल कलाकार गुमाएको छ, यसको क्षतिपूर्ति गर्ने कुनै ठाउँ छैन ।’

रानीले अभिनेत्री श्रीदेवीसँग आफ्नो घनिष्ट सम्बन्ध रहेकाले यो दुखद घडीमा जन्म दिन मनाउनुको कुनै अर्थ नरहेको बताएकी छन् । यही आउँदो मार्च २१ गते उनको ४० औं जन्म दिन परेको छ । अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण फागुन ११ गते राति दुबईमा निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७