हेर्दाहेर्दै पुलबाट नारायणी नदीमा हामफालेर युवक बेपत्ता


११ असार २०७८, शुक्रबार
bekti1624549097

चितवन, ११ असार । चितवनको नारायणगढमा रहेको नारायणी नदीमा हाम फालेर बिहीबार बिहान एक युवक बेपत्ता भएका छन् ।
वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहान सवा ११ बजेको समयमा १८ –१९ बर्षको देखिने एक पुरुषले हाम फालेका हुन् ।

हाम फाल्ने बित्तिकै बटुवाहरुले देखेर प्रहरीलाई खबर गरे पनि पानी धमिलो भएको कारण ती युवालाई उद्धार गर्न नसकिएको प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए । ‘हामीले हाम फालेको केही मिनेटमा उद्धारको लागि नदीमा पस्यौं’, उनले भने, ‘तर पानी धमिलिएका कारण उसलाई देख्नै सकिएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७