अंश विवादमा सुतिरहेका बाबुको मसला कुट्ने खलले हानेर हत्या


११ असार २०७८, शुक्रबार
death

धनुषा, ११ असार । धनुषामा घरायसी विवादमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवको उनकै कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा छोरा श्रीकृष्णले बुबालाई मसला कुट्ने खलले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । उनका अनुसार राति भजनकीर्तनबाट आएका विशो दलानमा सुतेका थिए ।

बिहान ७ बजे उनको हत्या भएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न छोरा श्रीकृष्णलाई प्रहरीले बिहानै घरबाट पक्राउ गरेको छ ।

मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको र छोरा श्रीकृष्णलाई हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ठाकुरले बताए । स्थानीयका अनुसार मृतक विशोका तीन छोरा छन् । बुबासँग कृष्णको अंशसम्बन्धी विवाद हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७