इटालीले दिएको कोरोनाविरुद्धका स्वास्थ्य उपकरण आइपुग्यो


११ असार २०७८, शुक्रबार
photos21624610938

काठमाडौं, ११ असार । इटाली सरकारले दिएको कोरोनाविरुद्धका स्वास्थ्य उपकरण काठमाडौं आइपुगेको छ । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।

नेपाललाई कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न आवश्यक स्वास्थ्य उपकरण इटाली सरकारले उपलब्ध गराएको नेपालका लागि इटालीका राजदूत भिन्सेन्डो डे लुकाले बताइन् । इटाली सरकारले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार थान अन्य स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७