तिब्बतमा पहिलोपल्ट चल्यो बुलेट ट्रेन


११ असार २०७८, शुक्रबार
daa8c8ca 9549 474a b3c7 894867512ed6

काठमाडौं, ११ असार । चीनले तिब्बतमा पहिलो पटक शुक्रबारबाट बुलेट ट्रेन शुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच शुरु भएको हो । भारतको अरुणाञ्चल प्रदेशको सीमा नजिकै रहेको यसको रुट ४३५ दशमलब ५ किलोमिटर लामो रहेको छ ।

यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलो पटक बिजुलीबाट सञ्चालित बुलेट ट्रेनको शुरुवात गरेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

गत नोभेम्वरमा चीनका राष्ट्रपति शी जिनपिङ्गले तिब्बतमा नयाँ रेल परियोजनासम्बन्धी निर्देशन दिएका थिए । सिचुवान–तिब्बत रेलवे चेंग्दुबाट शुरु भएर तिब्बतमा टुगिंने बताइएको छ । यसले ल्हासा र चेंग्दुबीचको यात्रा ४८ घण्टा बाट घटेर १३ घण्टामा छोटिएको छ ।

अरुणाञ्चल प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनले दाबी गर्दै आएको छ । वास्तविक नियन्त्रण रेखाको ३ हजार ४८८ किलोमिटरको सीमामा भारत र चीनबीच बिवाद रहँदै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७