थप ५,४५५ ले जिते कोरोना, २,४७६ नयाँ थपिए, २७ जनाको मृत्यु


११ असार २०७८, शुक्रबार
korona test

काठमाडौं, ११ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १४ हजार ३५१ जनाको परीक्षण गर्दा २,४७६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये ३० हजार ६८९ जनामासमेत संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित निको हुने दर ९१ द्यशमलव ३ प्रतिशत रहेको छ ।

update 20210625114545

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७