जर्ज फ्लोडको हत्यामा संलग्नलाई २२ वर्ष जेल


१२ असार २०७८, शनिबार
Derek Chauvin

काठमाडौं, १२ असार । गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा जर्ज फ्लोडको हत्या गर्ने पूर्व प्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ ।

मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने छ । अर्थात उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् ।

फ्लोडको मृत्युपछि प्रहरीले कालाजातिका मानिसहरुमाथि क्रुरता देखाएको भन्दै चर्को विरोध भएको थियो । न्यायाधीश पीटर काहिलले यो सजाय भावना वा जनमतको आधार नभएको बताए ।

२२ पृष्ठ लामो फैसलामा न्यायाधीशले चौविनले विश्वास र अख्तियारको दुरुपयोग गरेका कारण कठोर सजायको भागिदार हुनुपरेको जिकिर गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७