भारतमा घट्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ५१ हजारमा संक्रमण


१३ असार २०७८, आईतवार
korona india 1

नयाँदिल्ली, १३ असार । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित हुनेको संख्यामा उल्लेख्य सुधार आइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३४ हजार ४४ पुगेको तथ्यांकमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७