जनमोर्चाको राजनीति जम्मा भएको एक सांसदलाई मन्त्री ख्वाउने मात्रै : प्रधानमन्त्री


१४ असार २०७८, सोमबार
kp oli cover

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सांसद रहेको राष्ट्रिय जनमोर्चा मन्त्री बन्नका लागि विपक्षी गठबन्धनमा सहभागी भएको आरोप लगाएका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमा सरकार बनाएर मन्त्री बन्न खोजेको समेत दाबी गरे ।

‘एक जना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ । उहाँहरुको राजनीति त्यति हो । यताबाट भएन भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर भए पनि मन्त्री हुने । विचारको, वर्गीय राजनीतिको प्रश्न रहेन । एक वारको जिन्दगी मन्त्री ख्वाइ हालिएन भने जिन्दगी त गयो’, ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७