माधव नेपालले भने–ओलीले धेरै राम्रा कुरा बोलेका छन्, रेकर्ड गरेर राख्नुस्


१४ असार २०७८, सोमबार
Madhav Kumar Nepal EX PM Nepal scaled

काठमाडौं, १४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु आवश्यक भएको बताएका छन् । पेशागत क्षेत्रका बुद्धिजीविसँगको आज नयाँबानेश्वरमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।

‘नेपाली जनताको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु पर्दैन । राष्ट्रप्रति, जनता, संविधान, कानुनको कमिटमेन्ट चाहिएको छ’, उनले भने । राम्रो सिष्टम बसाएर मात्र नहुने बताउँदै नेता नेपालले राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ र’ भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै नेपालले भने, ‘प्रधानमन्त्रीको कुरा रेकर्ड गरेर राख्नुपर्छ । उहाँले हिजो आज गरेका कुरा रेकर्ड गरेर राख्नुस् । म पनि खोज्दैछु । उहाँले धेरै राम्रा कुरा बोल्नु भएको छ’, उनले कटाक्ष गर्दै भने, ‘बौलाहा कुकुरले टोक्या छ भन्ने कुरामा ध्यान जाओस् ।’ उनले पानीको मुहान सफा भए मात्र सफा पानी आउने भन्दै ओेलीको भाषाप्रति व्यंग्य गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७