उदितनारायण १० वर्षपछि आफनै गाउँ फर्किए


१६ फाल्गुन २०७४, बुधबार
udit narauarn jha

सप्तरी, १६ फागुन । प्रसिद्ध गायक उदितनारायण झा १० वर्षपछि आफ्नै गाउँ आइपुगेका छन् । जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित २ दिनअघि घर भारदह आएका हुन् । उनी बुधबार ससुराली (जेठी श्रीमतीको माइती) बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मली गएका छन् ।udit narauarn jha
जेठी श्रीमती रन्जना झासितको विवादपछि गाउँका बासिन्दा पनि उदितको विपक्षमा उभिएका कारण उनी लामो समयदेखि घर फर्कन पाएका थिएनन् ।

 

उनी एक हप्ता सप्तरी भारदहस्थित घरमै बसेर यसवर्षको होली गाउँमा आफन्तसँगै मनाउने बताएका छन् । उनलाई भेट्न उनको घरमा गाउँका मानिस र प्रशंसकहरुको भीड छ । उनले भेट्न आउनेलाई मिठाई खुवाउँदै उपहारसहित होलीको शुभकामना दिने गरेका छन् ।

सन् १९८८ मा फिल्म कयामत से कयामत तकको ‘पाप कहते है वडा नाम करेगा’ बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । उनले नेपाली, मैथिली, नेपाल भाषा, उर्दू, हिन्दी, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन् ।

नारायण ज्यूले करीब ३० भाषाहरूमा १५,००० भन्दा बढी गीत गाउनु भएको छ जस्मा २६० चलचित्रहरू मात्र हिन्दीमा गीत गाएका छन्।  उनी पद्म श्री पुरस्कारको विजेता पनि हुन् यस्तै  २००१मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह बाट पाएका थिए ।  २००९मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित पाए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७