अग्नी खरेलको प्रश्न : अविश्वासको प्रस्तावसम्म राख्न नसक्ने अनि सबै धारामा केपी ओली भन्ने ?


१७ असार २०७८, बिहीबार
Agni kharel

काठमाडौं, १७ असार । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज (बिहीबार) पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । आज निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै विकल्प बाँकी नरहेपछि संसद् विघटन गर्नुपरेको तर्क गरेका छन् । ‘हामीले बहुलवादमा आधारित संविधान बनाएका हौं’ उनको तर्क छ । उनले विकल्प हुँदाहुँदै अन्य दलले सरकार बनाउन नसकेको बताएका छन् ।

‘७६ (२) को सरकार बनाउन सबैलाई अवसर दिइएको थियो । किन बनाउन सक्नु भएन ?’, उनको प्रश्न थियो, ‘त्यसबेला सरकार बनाएको भए अहिले विघटन पनि हुँदैनथ्यो । सबै धारामा केपी ओली प्रधानमन्त्री ? भन्नु पनि पर्दैनथ्यो । अविश्वासको प्रस्ताव समेत राख्न नसक्ने अनि हरेक धारामा ओली मात्रै भनेर मिल्छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७