पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि १५ वर्षदेखि कर छलेको आरोप


१८ असार २०७८, शुक्रबार
donald trump 19

काठमाडौं, १८ असार । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोप लागेको छ । पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोप लागेको बीबीसीले जनाएको छ ।

सो कम्पनीले करिब तीन मिलियन डलर कर छली गरेको आरोप लागेको हो । अमेरिकी अधिकारीहरुका अनुसार ट्रम्पको कम्पनीले विगतत १५ वर्षदेखि अवैध भुक्तानीमार्फत कर छली गर्दै आएको छ ।

तर कम्पनीका कानुनी सल्लाहकार समेत रहेका वेसलवर्गले कर छली नगरेको दावी गर्नुभएको छ । ट्रम्पको होल्डिङ कम्पनीले होटल र गल्फ क्लब लगायतका विभिन्न फर्महरु सञ्चालन गर्दै आएको छ ।

उक्त कम्पनीमाथि विभिन्न अपार्टमेन्टहरु भाडामा लिएको विवरण र कर्मचारीको सेवा सुविधा बिस्तारका बारेमा कर विवरणमा नखुलाइएको आरोप लागेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । ट्रम्पको कम्पनीमाथि कर छलीको आरोप लागेसँगै सरकारी अधिकारीहरुले अनुसन्धान थालेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७