१० लाख डोज खोप लिन २४ गते निगमको जहाज चीन जाँदै


१८ असार २०७८, शुक्रबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, १८ असार । कोरोना भाइरस संक्रमणविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज जुलाई ८ (असार २४) मा चीन जाने भएको छ । जुलाई ८ अर्थात् असार २४ गते नेपाल एयर लाइन्सको जहाज खोप लिन जाने तयारी भइरहेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘अहिले हामीलाई जुलाई ८ तारिखमा जानको लागि तयारी गर्नु भनेको छ’, महाप्रबन्धक पौडेलले भने, ‘कति डोज खोप ल्याउने भन्ने अहिले भनेको छैन । अहिले १० लाख हाराहारीको लागि तयारी गर्नु भनेको छ ।’

उनले कति खोप ल्याउने भन्ने उडानको अघिल्लो दिन मात्रै थाहा हुने बताएका छन् । यसअघि मन्त्रिपरिषद बैठकले चीनबाट ४० लाख डोज खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाइ अनुमति दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पर्सीबाट कोरोनाको खोप अभाव नहुने बताएका छन् । उनले अब चीनबाट चाहिए जति खोप आउने बताएका छन् । उनले आज (शुक्रबार) बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रिय कमिटीको वैठकमा यस्तो जानकारी गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७