एमाले बैठकमा महेश बस्नेतले राखे ‘संघीयता र धर्म निरपेक्षता’ मा समीक्षा गर्नुपर्ने प्रस्ताव


१९ असार २०७८, शनिबार
mahesh basnet

काठमाडौं, १९ असार । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षतामा समीक्षा गर्नुपर्ने आवाज उठेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

एक नेताका अनुसार उनले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं ।’ यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए । तर अब पार्टीकै बैठकमा यसले प्रवेश पाएको छ ।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ ।

पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘पार्टी महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न कार्यदल बनाएर जाऔं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७