क्यानडामा भएको आगलागीमा सात पाकिस्तानीको मृत्यु


२१ असार २०७८, सोमबार
Aaglagi aLYgQzoL0d

काठमाडौं, २१ असार । क्यानडाको ओटावा शहरको एक घरमा आगलागी हुँदा कम्तीमा चार बालबालिकासहित सात पाकिस्तानीको मृत्यु भएको छ ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा अवस्थित चेस्टमेरस्थित एक आवासीय घरमा आगलागी भएको हो । आगलागीमा परेर तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १२ बर्ष मुनिका बालबालिका रहेका प्रहरी अधिकृत ट्यामी कैबेलले जानकारी दिए । आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर ज्यान जोगाएका छन् । घर धनी अमजाद कमलका अनुसार आगलागीको कारण खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७