मनाङको नासो गाउँपालिका–५ का वडाध्यक्षको निधन


२२ असार २०७८, मंगलवार
manang12021 07 06 08 40 17

मनाङ, २२ असार । मनाङको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ । ५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो । नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो ।

सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई जिल्ला अस्पताल लमजुङ लगिएको थियो । उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार १२ बजेतिर मृत घोषणा गरेको हो । वडाध्यक्ष पुनेलका आमा, श्रीमती र पाँच छोरा छन् ।

गएको जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोले धारापानीस्थित नासों गाउँपालिकाको कार्यालय बगाएपछि अहिले गाउँपालिकाको आपतकालीन कार्यालय बेंसीसहरमा सञ्चालन गरिएको छ ।

बेंसीसहरमा अस्थायी कार्यालय सञ्चालन भएसँगै असार पहिलो सातादेखि उनी बेंसीसहर बस्दै आएका थिए । उनी नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७