अझै खुलेन नारायणगढ–मुग्लिङ सडक, देशका १३ स्थानमा सडक अवरुद्ध (सूची)


२२ असार २०७८, मंगलवार
HG Mugling 072619 20190726 091729

काठमाडौं, २२ असार । नारायणगढ–मुग्लिङ सडक अझै खुल्न सकेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका छन् ।

लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चार वटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भइरहेको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्यावश्यक गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । काठमाण्डौ आउने मुख्य सडक बन्द हुँदा दर्जनौं गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक बन्द छन् । बन्द सडक र राजमार्ग खुलाउने प्रयास गरिरहेको सडक विभागले जनाएको छ ।
देशका १३ स्थानमा सडक अवरुद्ध
वर्षा र बाढी–पहिरोसँगै देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार मंगलबार बिहान साढे ९ बजेसम्म १३ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ५५ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।

विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । लमजुङमा तीन, सिन्धुपाल्चोमा दुई स्थानमा सडक अवरुद्ध छ । रसुवा, तनहुँ, चितवन र संखुवासभामा एक/एक स्थानमा सडक अवरुद्ध छ ।
अवरुद्ध सडकका सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७