घरमा बसिरहेका बेला चट्याङ लागेर बाबुको गयो ज्यान, छोरा घाइते


२७ असार २०७८, आईतवार
chatyang

कञ्चनपुर, २७ असार । कञ्चनपुरमा चट्याङ लागेर बाबुको ज्यान गएको छ भने छोरा घाइते भएका छन् । भीमदत्त नगरपालिका–९ मटैनाका ५३ वर्षीया पुरुष वीर महराको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बसेका बेला बिहान ७ बजेतिर चट्याङ लागेर उनको मृत्यु भएको हो । यस्तै मृतकका १८ वर्षीय छोरा लालसिंह महरा चट्याङ लागेर घाइते भएका छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७