देउवाले सिटौलालाई बोलाए बूढानीलकण्ठ


२७ असार २०७८, आईतवार
sitaula deuwa

काठमाडौं, २७ असार । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता हुने भएको छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो ३ बजे देउवा र सिटौलाबीच बूढानीलकण्ठमा छलफल हुन लागेको हो ।

पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको जनाइएको छ । शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आज सिटौलासँग संवाद गर्न खोजेको देखिन्छ ।

देउवा भर्सेस संस्थापन इत्तर पक्षको एकल उम्मेदवार बाउने उद्देश्यसहितको छलफलमा सिटौला पनि सहभागी थिए । आज देउवाले सिटौलासँग कुराकानी गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

साथै प्रतिनिधिसभा विघटनको मुद्दामा भोलि सर्वोच्चमा अन्तिम सुनुवाई हुन लागेकाले पनि देउवाले सिटौलासँग संवाद गर्न लागेका हुन् । छलफलका सर्वोच्चबाट आउने सम्भावित फैसला र आगामी रणनीतिबारे देउवा र सिटौलाबीच छलफल हुन लागेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७