मेघगर्जन र चट्याङसहित चार प्रदेशका भारी वर्षाको सम्भावना


२८ असार २०७८, सोमबार
raining

काठमाडौं, २८ असार । मनसुनी वायुका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले बताएका छन् ।
अहिले प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (सोमबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७