ओलीले बोलाएको स्थायी कमिटी बैठकमा गइँदैन : माधव नेपाल


२८ असार २०७८, सोमबार
madhav nepal.

काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकमा सहभागी नहुने बताएका छन् ।

आज (सोमबार) सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेता नेपालले स्थायी कमिटीमा सहभागी नहुने बताएका हुन् ।

आज साँझ ओलीले एमाले पार्टी विवाद समाधान गर्न गठित गरेको कार्यदलले हिजो बेलुका गरेको सहमतिका १० बुँदालाई अनुमोदन गर्न स्थायी कमिटी बैठक बोलाएका थिए । ‘ओलीले बोलाएको स्थायी कमिटी बैठकमा गइँदैन,’ नेता नेपालले भने । १० बुँदे सहमतिलाई लिएर नेता नेपालसहित उनी पक्षीय नेतामा असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७