क्युवामा नागरिक आन्दोलित


३० असार २०७८, बुधबार
Cuba

काठमाडौं, ३० असार । क्युवामा सरकार विरोधी गतिविधि बढ्न थालेको छ । देशका विभिन्न स्थानमा सरकारको विरोधमा विभिन्न प्रदर्शनहरु हुन थालेका छन् ।

प्रदर्शनकारीका गतिविधि अराजक भएको भन्दै सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ । शवाना शहरमा भएको प्रदर्शनका क्रममा प्रहरीको कारवाहीमा एक जनाको मृत्यु भएसँगै आन्दोलन थप चर्किएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आथिक असमनाता भएको भन्दै सर्वसाधारणले सरकारको आलोचना गर्दै देशव्यापी प्रदर्शन थालेका हुन् । कोरोना भाइरसको महामारीका कारण मुलुकमा थप आर्थिक संकट आए पनि त्यसको समाधाका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै सर्वसाधारणले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यता सरकारले भने आन्दोलनमा घुसपैठ भएको दावी गरेको छ । अमेरिकाले प्रतिबन्ध लगाएपछि पछिल्लो समय क्युवामा आर्थिक संकट थपिँदै गएको सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७