जनमोर्चा सरकारमा नजाने, देउवालाई विश्वासको मत दिने


३१ असार २०७८, बिहीबार
deuwa chitra bahadur kc scaled

काठमाडौं, ३१ असार । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जनमोर्चा सरकारमा भने सहभागी हुने छैन । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् । पाँच दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए ।

देउवा सरकारलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र बाबुराम पक्षले पनि समर्थन गरेको छ । उसले सरकारमा भने तत्काल नजाने निर्णय गरेको छ । यस्तै गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि देउवा सरकारलाई विश्वासको मत लिन सहयोग गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७