बलहादुर राई भए कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिताको प्रथम


३१ असार २०७८, बिहीबार
kongkongma pratiyogita

काठमाडौं, ३१ असार । झापाका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनमा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा कमल गाउँपालिका झापाका उनले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । उनले प्रमाणपत्रसँगै १६ हजार रुपैयाँ नगद जितेका छन् ।

यसैगरी खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान जितेकी छिन् । उनले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी जितुमाया राईले तेस्रो स्थान प्राप्त गरेकी छिन् । उनले ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गरेकी छिन् ।

यस्तै सात्वाना पुरस्ष्कार झापाकी मन कुमारी राईले प्राप्त गरेकी छिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी विष्णु माया राई (९६ वर्ष) र देशीलक्षु राई (९२ वर्ष)लाई पाँच हजार नगदसहित जेष्ठ पुर्खा सम्मान प्रदान गरेका छन् ।

लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १११ जना सहभागी भएको संघको महासचिव राई नविनले जानकारी दिए । प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरण पार गरेका प्रतिष्पर्धीले दोस्रो चरणमा भिडियो पठाएका थिए । निर्णायक मण्डलमा वरिष्ठ गायक जीतेन राई, गायिका पार्वती राई र सांस्कृतिकर्मी तथा संस्थाका निवर्तमान अध्यक्ष राजुएन राई रहेका थिए ।

भिडियाेहरू

प्रथम भिडियाे

दाेस्राे भिडियाे

तेस्राे भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७