आफ्नै घरमा दलित महिला बलात्कृत


१ श्रावण २०७८, शुक्रबार
Rape for nayapage

रौतहट, १ साउन । रौतहटमा एक दलित महिला आफ्नै घरमा बलात्कृत भएकी छिन् । रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दलित महिलामाथि भएको यो दोस्रो बलात्कारको घटना हो । देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गए राति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबरजस्ती करणी गरेका हुन् ।

राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र पसेर ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताए । महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आरोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

केही दिनअघि मात्र देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आरोपमा पक्राउ परेका थिए । आफ्नै गाउँकी एक विवाहित दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७