गण्डकी प्रदेश सरकारको बजेट खर्च ७३ प्रतिशत


३ श्रावण २०७८, आईतवार

पोखरा, ३ साउन । गण्डकी प्रदेश सरकारले हालसम्मकै सबैभन्दा धेरै बजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा हालसम्मकै धेरै ७३ प्रतिशत बजेट खर्च गर्न सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस वर्ष भौतिक पूर्वाधार मन्त्रालयबाट करिब ८२ प्रतिशत बजेट खर्च गर्न सफल हुँदा प्रदेशको बजेट खर्च विगतका वर्षको तुलानमा बढी भएको प्रदेश लेखा नियन्त्रक कार्यालयलका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २५ अर्ब ७४ करोड १४ लाखले ७३ प्रतिशत खर्च भएको हो ।

५ अर्ब ४२ करोड ४९ लाखको बजेटमध्ये सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा ६३.८२ प्रतिशत अर्थात ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयल पोखराले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट ४६.५४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

२ अर्ब ५० करोड ७२ लाखको बजेट भएपनि उक्त कार्यालयबाट असार मसान्तरसम्म १ अर्ब १६ करोड ६९ लाख रुपैयाँ खर्च भएको प्रमुख पौडेलले जनाए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तरसम्म ७५.९५ प्रतिशत अर्थात १ अर्ब ४३ करोड २७ लाख खर्च भएको छ भने उक्त मन्त्रालयमा १ अर्ब ८८ करोड ६४ लाखको बजेट रहेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको प्रदेशको बजेट रहेको थियो भने कोरोनाले गर्दा पनि २७ प्रतिशत अर्थात ९ अर्ब १० करोड ७ लाख रुपैयाँ खर्च हुन नसकेको पौडेलले जनाए । आर्थिक वर्ष २०७७/०७८ मा पुँजीगततर्फ १७ अर्ब ६१ करोड ४४ लाख अर्थात ६९ प्रतिशत खर्च भएको प्रमुख पौडेलले जनाए ।

त्यस्तै चालुतर्फ भने ६०.५ प्रतिशतले ८ अर्ब १२ करोड ६९ लाख खर्च भएको छ । प्रदेशको आर्थिक वर्ष २०७७/०७८ मा चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ६३.७१ प्रतिशत बजेट खर्च गरेको थियो । कुल बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारमध्ये प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा २० अर्ब ४७ करोड २७ लाख ८२ हजार ४ सय ६८ अर्थात ६३.७१ प्रतिशत खर्च गर्न सफल भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले करिब ६७ प्रतिशतमात्र बजेट गर्न गर्न सफल भएको थियो ।

चालु आर्थिक वर्ष २०७७/०७८ भन्दा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि करिब १३ प्रतिशत कम बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट ल्याएको हो । उक्त बजेट चालु आर्थिक वर्ष २०७६/०७७ को भन्दा ४ अर्ब ८१ करोड रुपैयाँ कमको बजेट आएको हो । उक्त बजेट चालुतर्फ ४३.५ प्रतिशतले १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार र पुँजीगततर्फ भने ५५.७ प्रतिशत अर्थात १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७