एमाले स्थायी कमिटी बैठक आज बस्दै, सहभागी होला नेपाल पक्ष ?


३ श्रावण २०७८, आईतवार
amale center comme

काठमाडौं, ३ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्नेछ ।

पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मानेनन् ।

नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाकेका हुन् । आजको बैठकले भोलि केन्द्रीय कमिटीको एजेण्डा तय गर्दै बैठक बोलाउने बताइएको छ ।

यसअघि गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० वुँदे सहमति अनुमोदन गर्दै विवाद समाधानका लागि गठित कार्यदल भंग गरेको थियो । कार्यदल भंग गरिए पनि हिजो बिहान कार्यदलका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका थिए ।

उनीहरुले ओली निवास बालकोट पुगेर आजको लागि तय गरिएको बैठक रोक्न आग्रह गरेका थिए । एमालेको नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वाशको मत दिने संकेत दिएपछि पार्टी एकता फेरि धुमिल भएको छ । आजको स्थायी कमिटी वैठकमा पनि नेपाल पक्ष सहभागी हुने–नहुने अन्योल नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७