ईश्वर पोखरेलको आक्रोश : खलनायक र विदूषकलाई सबैले राम्ररी चिनौं


४ श्रावण २०७८, सोमबार
ishwor pokharel

काठमाडौं, ४ साउन । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनको पक्षमा उभिएका एमाले नेताहरुलाई पोखरेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक-अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलंघन गरेका थिए भने २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेको विद्रोही पक्षसहित देउवाले १६५ मत पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७