माधव नेपाललाई तीन विषयमा मनाउन सकिएन : प्रदीप ज्ञवाली


४ श्रावण २०७८, सोमबार
pradeep gyawali

काठमाडौं, ४ साउन । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललाई तीन विषयमा फकाउन नसकिने निष्कर्ष निकालेको छ ।
एमालेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले नेता नेपाललाई फकाउन खोज्दा पनि नसकिएको जानकारी गराएका थिए ।

‘उहाँका तीन वटा विषयमा असहमति रहेको पाइयो’, ज्ञवालीले भने, ‘कार्यदलको प्रस्तावप्रति असहमति थियो । उहाँले देउवालाई मत दिने विषयमा पछि हट्दिनँ भन्नु भयो । संस्थागत निर्णय मानेर जान सक्दिन भन्ने कुरा गर्नुभयो । जति गर्दा पनि फकाउन सकिएन ।’

नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘पार्टीभित्र एक खालको धक्का भयो । फ्लोरक्रस गर्ने काम गर्नु भयो । २२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, एमाले प्रवक्ता प्रदिप ज्ञवालीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७