कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु


५ श्रावण २०७८, मंगलवार

ओखलढुङ्गा, ५ साउन । ओखलढुङ्गामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका–५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ती महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । मृतक महिला दीर्घरोगी भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने जिल्ला स्वासथ्य प्रमुख समुन तिवारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७