वामदेव गौतम मन्त्री बन्ने हल्ला झुटो : सचिवालय


५ श्रावण २०७८, मंगलवार
bamdev

काठमाडौं, ५ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने समाचार निराधार र झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।

आज (मंगलबार) गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको उल्लेख गरेका छन् । हरेक पटक मन्त्रिमण्डल बिस्तार हुने बेला वामदेव गौतम मन्त्री बन्ने खबर विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आउने गरेको छ । प्रत्येक पटक गौतमको सचिवालयले यस्ता समाचारहरूको खण्डन गर्दै आएको छ ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम आफैले केहि समयअघि संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७