मोरङमा ओली पक्षको कार्यक्रमस्थलमा तोडफोड


७ श्रावण २०७८, बिहीबार
Kursi1231626942279

मोरङ, ७ साउन । मोरङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले आयोजना गरेको कार्यक्रमस्थलमा तोडफोड भएको छ ।
मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमअगावै कार्यक्रमस्थलमा कुर्सी तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएमा निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।

एमाले उर्लाबारी संयोजक उमाकान्त गौतमले गाडीमा आएका केही मानिसले कार्यक्रमस्थलमा तोडफोड गरेको बताए । भने, ‘कसले तोडफोड गरेको हो भनेर खोजी गरिरहेका छौं ।’

माधव समूहका नगर संयोजक गंगा बास्तोलाले ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताए । उनले आफूहरु बैठकमा नगएको र २०७५ जेठ २ गतेका अध्यक्षले बैठक आह्वान गरे मात्र जाने बताए । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल घटनास्थलमा पुगेर त्यसबारे जानकारी लिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७