सेनामा कार्यरत भरत गुरुङको हत्या आरोपमा एक जना पक्राउ


८ श्रावण २०७८, शुक्रबार
Gunshot murder Chitwan

चितवन, ८ साउन । नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार चितवनको भरतपुर महानगरपालिका–१७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी बिहीबार नै एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिको साथबाट एक थान हतियार समेत बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिंदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७