प्रचण्डको आशंका : एमसिसीको नाममा गठबन्धन फुटाउन खोज्दै छन्


९ श्रावण २०७८, शनिबार
Prachanda

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी र अर्को रियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) को बहानामा सत्तारुढ गठबन्धन फुटाउने योजना भइरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसलाई पेरिसडाँडाबाट सम्वोधन गर्दै प्रचण्डले यस्तो आशंका गरेका हुन् । उनले अहिलेको कांग्रेस–कम्युनिष्ट गठबन्धनलाई विचार नमिल्ने भन्दै फुटाउने प्रयास भइरहेको बताएका छन् ।

‘विचार नमिल्ने कांग्रेस र कम्युनिष्टको सहकार्य भन्दै त्यसैमाथि खेल्ने कोशिस भइरहेको छ’, दाहालले भने, ‘देशी–विदेशी प्रतिक्रियावादीहरुले हामी गठबन्धनको छिद्र खोज्दै छन्, कमजोरी खोजिरहेका छन्’, उनले भने, ‘आजै मैले यसबारेमा प्रधानमन्त्री र माधव नेपालजीसँग पनि कुरा गरेको छु’, उनले अगाडि भनेका छन्, ’प्रतिगामीहरुले हरहालतमा टाउको उठाउन खोजिरहेका छन् । हामी यसलाई लिएर गम्भीर भएका छौं ।’

आफूहरुको आन्दोलनले केपी ओलीहरुले घुँडा टेकेर पछारिएको उनले बताएका छन् । ‘केपी ओलीहरु पाहा पछारिए जसरी पछारिएका छन्’, उनले भने, ‘तर उनीहरु अझै पनि हाम्रो गठब न्धन फुटाउन लागेका छन् । हामीबीच छिद्र खोज्दै छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७