‘भ्याली कमाण्ड’ घोषणा गर्दै काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन, ओली अनुपस्थित


९ श्रावण २०७८, शनिबार
Uml Youth Force

काठमाडौं, ९ साउन । नेकपा एमाले निकट युथ फोर्सले भ्याली कमाण्ड घोषणा गरेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ । पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् । केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७