राजधानीकै बस्ती डुबानमा


१० श्रावण २०७८, आईतवार
Dhobikhola 17
???????????????????

काठमाडौं, १० साउन । आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदै वर्षाकको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ । यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्रि बस्ती नै डुबानमा पर्ने गरेको छ ।

शुक्रबार राति परेको वर्षले उपत्यका भित्री बस्तीहरु डुबानमा परे । मैतीदेवी, बसुन्धरा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन् । मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए । आकाशे पानीले उचित निकास नपाउँदा बर्षका बेला उपत्यकाका धेरै बस्ती डुबानको खतरामा छन् ।

ढल व्यवस्थापन राम्रो नभएका कारण वर्षाको पानीले काठमाडौं उपत्यकाका सहरी बस्ती नै जोखिममा परेको विज्ञहरुले बताउँदै आएका छन् । तर, सरकारी निकायले ढलको उचित व्यवस्थापन र खोला क्षेत्रका बस्ती स्थानान्तरणमा चासो दिएको छैन । वर्षाको पानी निकास नहुँदा बस्ती डुबानमा पर्ने गरेको अनामनगरका गोपाल न्यौपानेले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७