संसदीय समिति वैठकमा नारदमुनि रानाको कटाक्षपछि ‘हङ्गामा’

माधव नेपालले भने, ‘प्रतिगमनका मतियार बाहिर जानुस्’


१० श्रावण २०७८, आईतवार
samsadiya samiti 1 2zCztMySQy

काठमाठौं, १० साउन । एमालेको दुई पक्षबीचको विवादको असर संसदीय समितिमा समेत देखिएको छ । संसद् पुनः स्थापनापछि आज (आइतबार) पहिलोपल्ट बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीचको भनाभनले ‘हङ्गामा’ भएको छ ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी छन् । त्यस क्रममा नेपालले संसद् पुनर्जीवित भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले संघर्षबाट संसद् पुनःस्थापना भएको बताएका थिए । नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओली पक्षका सांसद नारदमुनि राना प्रवेश गरे । उनले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष शुरु गरे ।

उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको किजिर गरे । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।

thumb 15

उनी भन्दै गए, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।’ सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्दै आफ्ना भनाइलाई निरन्तरता दिएपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न थाले ।

आक्रोशित हुँदै नेता नेपाल र सांसद भट्टले ‘प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भने । प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए । रानाले अनावश्यक कुरा गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७