संक्रमण बढेपछि इलाममा निषेधाज्ञामा कडाइ


१० श्रावण २०७८, आईतवार
ilam bazar jjj

काठमाडौं, १० साउन । इलाम जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि त्यहाँ जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । प्रमुख बजार तथा घनावस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण बढेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय तहहरूको निर्णय र अनुरोधअनुसार निषेधाज्ञामा कडाइ गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

223650963 1449511765385902 6266406886264783801 n

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार साउन १५ गतेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाका प्रमुख बजार र घनावस्तीहरुका तरकारी, खाद्यान्न र फलफूल पसल बाहेकका पसलहरू पूर्णरुपमा बन्द रहने छन् । तरकारी, खाद्यान्न र फलफूल पसलहरू बिहान ११ बजेसम्म मात्र खुल्ला रहने छन् ।

विभिन्न परीक्षाका परीक्षार्थीहरुले आफ्नो निवासबाट सोझै परीक्षा केन्द्रमा र परीक्षा केन्द्रबाट सोझै आफ्नो निवासमा आउन पाउने छन् । अत्यावश्यक काम बाहेक अनावश्यक रूपमा बाटोमा हिंडडुल गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७