आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


११ श्रावण २०७८, सोमबार
badhi 3

काठमाडौं, ११ साउन । नेपालमा फेरि मनसुन सक्रिय बन्दै गएको छ । मनसुन सक्रिय बनेसँगै अबको चार दिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण कर्णाली र यसका सहायक नदीहरुमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा पनि बहाव बढ्ने छ । विशेष गरी सुनकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
कन्काई र यसका सहायक नदीहरूमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

संखुवासभा, भोजपुर, धनकुटा, इलाम, पाँचथर, मकवानपुर, धादिङ, नुवाकोट, मनाङ, कपिलवस्तु, रुकुम पश्चिम, जाजरकोट, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७