अफगानिस्तानमा तालीवानीको ज्यादती, एक वर्षमा पाँच हजार बढी मारिए


१२ श्रावण २०७८, मंगलवार
33 people Taliban 1627191171278 1627191179230

काठमाडौं, १२ साउन । अफगानिस्तानमा यो वर्ष मात्रै ५ हजार १८३ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा बिगत ६ महिनामा मारिेनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । यता तालिवानी विद्रोहीको यो महिना मात्रै ४३ जनाको हत्या गरेको खुलासा भएको छ । मारिनेमा अफगानी सेना र सर्वसाधारण रहेका छन् ।

अफगानिस्तानको गजनी प्रान्तमा पकड जमाइ बसेको तालिवानी विद्रोेहीमाथि अफगानी सेनाले कारबाहीमा ४३ जना मारिएका हुन् । अफगानिस्तानको गजनीमा आक्रमण तीव्र हुन थालेपछि हजारौं नागरिक भागेर काबुल पुगेका छन् । रात्रीकालीन कफ्र्यु आदेश जारी रहेकै बेला हजारौंको संख्यामा सर्वसाधारण काबुल पुगेका हुन् ।

सरकारी सेनाको नियन्त्रण रहेको काबुलमा शरण लिन पुगेका उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । यसैबीच अफगानिस्तानकै मलिस्तान जिल्लामा प्रवेश गरेका तालीवानीहरुले त्यहाँको जनताको सम्पत्ति लुटेर सामुहिक रुपमा जलाएका छन् ।

अफगानिस्तानको कान्दाहारका सरकारी सेना र तालीवानी बीचको भिडन्तमा थुप्रैको संख्यामा तालिवानी मारेपछि उनीहरुले सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७