आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


१२ श्रावण २०७८, मंगलवार
badhi 3

काठमाडौं, १२ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण बर्षा सक्रिय भएको छ । आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । भारी वर्षाको सम्भावना रहेका कारण आज (मंगलबार) कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू सुनकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर, बूढीगण्डकीलगायतमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

कन्काईमा पनि बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वागमती, पूर्वी राप्ती तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज इलाम, झापा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कपिलवस्तु, बाँके, दैलेख, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बाढी पूर्वानुमान

kafkdmgmg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७