जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


१२ श्रावण २०७८, मंगलवार
baburam upendra

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबार दिउँसो २ बैठक बस्दैछ ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष यादवले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको आगामी रणनीति र सरकारमा सहभागीबारे छलफल हुने जनाइएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने बैठकमा सहभागी नहुने जनाएको छ ।

सोमबार निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको थियो । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७