माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


१३ श्रावण २०७८, बुधबार
mao 1

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (बुधबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारूढ गठबन्धनको बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको उनले बताए । माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्री टुंगो लगाउन बैठक बोलाइएको थियो ।

सत्ता गठबन्धनकोे बैठकबाट मन्त्रिपरिषद् विस्तारको विषय टुुंगो लागे आज स्थायी कमिटी बैठक बस्ने मंगलबारको बैठकपछि नेताहरुले बताएका थिए । आज बिहानको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आजै बस्ने तयारी भएको समेत बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७